छापा खबर


आगलागीबाट अढाई लाखको क्षति

आगलागीबाट अढाई लाखको क्षति

सर्लाही
पुस ९, २०७६ बुधबार ३:५३,

सर्लाहीमा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ।

रामनगर गाउँपालिका-७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब एक लाख ८० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट बैठाको पसलमा रहेको ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

त्यस्तै कौडेना गाउँपालिका-५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब ८० हजार बराबरको क्षति भएको छ।

यसैबीच हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ। हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गरेका छन्।

विद्युत चुहिएर आगलागी हुँदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । हरिवन नगरपालिकाले एक लाख रुपैयाँ घर बनाउन सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad