भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए।
दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए।
उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री ओली र मोदीबीच संवाद भएको हो। संवादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
‘सन् २०१९ मा नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको र सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्न दुवै प्रधानमन्त्रीहरूबीच सहमति भएको छ,’ टेलिफोन संवादबारे जानकार डा. भट्टराईले भने।

प्रतिक्रिया