छापा खबर


नीलम शाहले यसकारण गरेकी रहिछन् रामकृष्ण ढकालसँग ‘डिभोर्स’

नीलम शाहले यसकारण गरेकी रहिछन् रामकृष्ण ढकालसँग ‘डिभोर्स’

नेपालखबर
पुस १७, २०७६ बिहिबार २:१,

गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। उनी र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएकै हो।

सार्वजनिक समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो। अदालतबाट पुष्टि भएअनुसार गत मंगलबार डिभोर्सको केस शाहले दायर गरेकी थिइन्, वादी भएर। अनि प्रतिवादी रामकृष्ण ढकाल।

सर्वाेच्च अदालतको वेबसाइट सुप्रिम कोर्टडटजीओभीडटएनपीमा गएर काठमाडौं जिल्ला अदालतको वेभ पोर्टलमा रहेको पेसी सूचीसँगै रहेको विस्तृत विवरणमा क्लिक गरी आउने बक्समा मुद्दा नम्बर ०७६–सीपी–३१८८ राखेर हेर्दा यो प्रकरण पुष्टि हुन्छ। यसबारे विस्तृत खबर शुक्रबार साप्ताहिकमा भोला अधिकारीले लेखेका छन्।

जिल्ला अदालतमा रहेको विवरणअनुसार २०७६ पुस ८ गते मुद्दा दर्ता भयो। मुद्दा दर्ता गरेकी थिइन्, नीलम शाह ढकालले। विषय सम्बन्ध विच्छेद। अनि प्रतिवादी काठमाडौं महानगरपालिका वडा नम्बर २ निवासी रामकृष्ण ढकाल।

दोस्रो दिन १० गते न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाइ सुरु भयो। कोइरालाले शाहलाई कतै कुनै करकाप वा डर धम्कीमा मुद्दा दिएको हो कि राजीखुसी भनेर जिज्ञासा राख्दा उनले राजीखुसीमै सम्बन्ध विच्छेद गर्न चाहेको बताइन्।

सम्बन्ध विच्छेदको कारण खुलाउँदा उनले यस्तो कारण दिइन्, ‘ढकाल आफ्नो काममा प्रायः सधैं व्यस्त रहँदा घरपरिवारलाई समय नदिएको, पति र पिताको दायित्व पूरा गर्नुस् भन्दा कामको व्यस्तताले समय नदिँदा मनमुटाव र सामान्य झैभगडा हुन थालेको र बस्न विदेश जाऊँ भन्दा नमानेको।’

उनले श्रीमान् श्रीमतीका रूपमा छुट्टिएर बस्नुभन्दा सम्बन्ध विच्छेद गरेर स्वतन्त्र रूपमा बस्नु ठीक लागेको भन्दै अंश दाबी नगर्ने र छोरी आफूसँग रहनुपर्ने माग गरेकी थिइन्।

शाहले विदेश जान नमानेको भन्दै खुलाएको सम्बन्ध विच्छेदको कारणमा ढकाल सहमत हुँदै छोरी आमासँगै रहने तर संयुक्त लालनपालन गर्न राजी हुँदै सम्बन्ध विच्छेदका लागि मञ्जुर भएपछि न्यायाधीश कोइरालाले निवेदक शाहको मागअनुसार सम्बन्ध विच्छेदको फैसला गर्दै सहमति गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad