छापा खबर


सडकबाट उदाएका रामकृष्ण फेरि यसरी सडकमै आइपुगे

सडकबाट उदाएका रामकृष्ण फेरि यसरी सडकमै आइपुगे

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १:३४,

सडकबाट सफलताको चुलीमा पुगेर फेरि कसरी मानिस भुइँमै आइपुग्छ? गायक रामकृष्ण ढकाल एउटा उल्लेखनीय नजिर हुनसक्छन्।

आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण भट्टराई र नेमिष गौतमले लेखेको समाचार अनुसार उनको कथा सुरु हुन्छ, सडकबाट।

वीरगञ्ज–काठमाडौँ चल्ने बसमा उनी प्रायः गाउँदै हिँड्थे।

बारा, निजगढको सामान्य परिवारमा जन्मिए पनि उनलाई खान लाउनै चाहिँ गाह्रो थिएन।

तर, गायक बन्ने बलियो लक्ष्यले उनी घरबाट निस्किए। काठमाडौँ आएपछि उनको संघर्षका दिन प्रारम्भ भए।

जति नै दुःख भए पनि गीत गाउँन भने छाडेनन्।

नारायण गोपालका गीतहरु उनको जस्तै स्वरमा गाइरहेको एउटा कलिलो बालकलाई संगीत अनुरागी गोपाल कर्माचार्यले भेटेपछि उनको जीवनको नक्सा फरिन थाल्छ।

०४३ सालतिरको कुरा हो। ढकालको गायकीबाट प्रभावित भएका कर्माचार्यले उनलाई संरक्षण दिए।

करिब पाँच वर्ष उनी कर्माचार्यसँगै बसे। कर्माचार्यकै पहलमा २०४५ सालमा उनी पहिलो पक काठमाडौँको स्टेजमा उक्लिए ‘ढकाल सुमधुर साँझ’ मार्फत्।

त्यो उनको जीवनकै पहिलो एकल गायन कार्यक्रम थियो। त्यसपछि ढकाल श्रोतामाझ चिनिए।

०४८ सालताका उनी काठमाडौँका गजल रेस्टुराँहरुमा गाउन थाले।

पहिलो एल्बम ‘आशीर्वाद’ ले उनलाई सफलताको शिखरमा चढाउन सुरु गर्यो।

०६४ सालमा हात्तीगौँडाको हाउजिङमा ढकालले एउटा घर किने। त्यही क्रममा एक जना आफन्तमार्फत रामकृष्णको सम्पर्क लालिगुराँस सहकारीसँग भयो।

उक्त सहकारीबाट रामकृष्ण ढकाल दम्पतिले १७ प्रतिशत व्याजमा एक करोड ८० लाख रुपैयाँ ऋण लिए।

त्यही ऋणको साउँव्याजले गायक ढकाल अहिले सडकमा आउने अवस्था सिर्जना भएको छ।

रामकृष्णको सन्दर्भमा सहकारीले जे गर्यो त्यो गलत भएको गीतकार राजेन्द्र थापा बताउँछन्।

‘कुनै पनि ऋण कहिल्यै नसकिने भन्ने हुन्न। ठूलो मान्छे भनेर षड्यन्त्र गरेर ढकाललाई फसाइयो,’ थापाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad