छापा खबर


सार्क बिउँझाउने मोदीको टेलिफोन

सार्क बिउँझाउने मोदीको टेलिफोन

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १:४३,

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले पुनः जीवन पाउने नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अथ्र्याएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए।

तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन्।

सार्क अध्यक्षका नाताले नेपाली कूटनीतिज्ञले समेत अनौपचारिक रूपमा चासो देखाएका छन्। सार्क सचिवालयले पनि यसमा चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग सोधखोज गरेको एक अधिकारीले बताए।

सार्कमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या र यस क्षेत्रको समग्र राजनीतिबारे छलफल गरेका थिए।

मोदीले दुईपक्षीय समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने र सार्क क्षेत्रमा सहकार्य अघि बढाउने पनि बताएको प्रधानमन्त्री निकटस्थले सुनाए।

मोदीले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई फोन गरी शुभकामना दिँदै सहकार्यका विषयमा छलफल गरेको श्रीलंकाका सञ्चारमाध्यमले जनाएका छन्।

मोदीले भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वांग्चुक, प्रधानमन्त्री डा लोटे छिरिङ, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, श्रीलंकाका राष्ट्रपति गोताभाय राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षे, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग वार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad