छापा खबर


प्रेम गरेर विवाह गरेकी पत्नी दलित भएको खुलेपछि हत्या

प्रेम गरेर विवाह गरेकी पत्नी दलित भएको खुलेपछि हत्या

नेपालखबर
पुस २२, २०७६ मंगलबार ०:४०,

दुई वर्षअघि कटारी नगरपालिका-४ सिम्लेकी १७ वर्षीया संगीता विश्वकर्माको हत्या उनकै पति र परिवारका सदस्यको मिलेमतोमा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

उदयपुरगढी-५ बाहुनीटारकी १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै पति युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ।

१४ कात्ति २०७४ मा सिम्लेस्थित जंगलमा सडेको अवस्थामा शव फेला परेको थियो।

लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।
सुजनको पक्राउपछि संगीताको हत्या जातिय कारणले भएको तथ्य खुलेको केसीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा उदयपुरबाट जीवनाथ दाहालले लेखेका छन्।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात ससुरा नैनबहादुर र पति युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए।

 प्रहरीका अनुसार टेलिफोनमा भएको कुराकानीका आधारमा संगीता र युवराजबीच प्रेम सम्बन्ध विस्तार भएको थियो।

सुरुमा संगीताले आफू मगर भएको बताएकी थिइन्। युवराज र संगीताले २९ असोज ०७४ मा भागी विवाह गरेका थिए।

भागेर काठमाडौँ आएका उनीहरु केही दिनपछि नै घर गएका थिए।

‘पछि संगीता दलित भएको खुलेपछि सुरुमा छुटाउन प्रयत्न गरेको र नमानेपछि परिवारका सदस्य नै मिलेर हत्या गरेको देखिन्छ,’ डिएसपी केसीले भने, ‘युवतीले आफ्नो बास्तविक थर लुकाएर कार्की केटासँग विवाह गरेकी रहछिन्।’

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै डिएसपी केसीले जिल्ला अदालतमा पेश गरेको र आइतबारनै जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad