छापा खबर


सामाजिक सञ्जालमा जथाभावी लेखे जन्मकैद!

सामाजिक सञ्जालमा जथाभावी लेखे जन्मकैद!

नेपालखबर
पुस २२, २०७६ मंगलबार ०:३४,

विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ।

संसदमा दर्ता भएको सूचना तथा प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुन खालका कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो।

विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसदमा विचारधीन छ।

विधेयकको दफा ९६ उपदफा २८ मा राज्यविरुद्धको अपराध गर्नेलाई जन्मकैदसम्मको सजाय गर्न सकिने व्यवस्था गरिएको हो। उफदफा २८ मा लेखिएको छ– दफा ८८ को उपदफा (१) को कसुरमा कसुरदारलाई प्रचलित कानुनबमोजिम राज्यविरुद्धको अपराधमा सजाय हुनेछ।’ यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्।

विधेयकमा उल्लेख गरिएको प्रचलित कानुन भनेको मुलुकी अपराध संहिता ऐन २०७४ हो। जसमा राज्यविरुद्धको अपराध गर्नेलाई ५ वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको सजायको व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad