छापा खबर


शहरमा यसरी फैलिँदै छ ‘सुन्दरी पासो’ अर्थात ‘हनी ट्रयाप’

शहरमा यसरी फैलिँदै छ ‘सुन्दरी पासो’ अर्थात ‘हनी ट्रयाप’

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ०:५५,

अपराधको नयाँ शैली ‘हनी ट्रयाप’ले हाइप्रोफाइललाई मात्रै फन्दामा पारेको छैन, हनी ट्रयापमा प्रयोग हुने युवतीहरु स्वयंमको सुरक्षा पनि चुनौतिपूर्ण बनेको छ।

आज प्रकाशित भएको साप्ताहिकमा जनक तिमल्सिनाले लेखेको खबर अनुसार प्रेमिका मात्रै होइन, सपनाकी राजकुमारी खोज्ने र सुन्दरीसँग विवाह गर्ने आकांक्षाका कारण पनि हनी ट्रयाप सुन्दरीका सिकार भएका घटना प्रहरीमा भेटिन्छन्।

शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरुले पुरुषलाई फसाउने कला हो हनी ट्रयाप। जसरी झिँगा महको लोभमा मह खाएर उड्न खोज्छ, तर उड्न नसकेर ट्रयापमा पर्छ।

त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ।

सुन्दरीसँग विवाह गर्ने सपनाले गोरखाका मनोजले ९ लाख गुमाए भने पैसावाल फसाउने हनी ट्रयाप सुन्दरीको जालमा परेपछि सिन्धुलीका रोशनकुमार पछिल्लो दुई महिनादेखि लुकेर बस्न विवश हुनु परेको छ।

झण्डै डेढ वर्षअघि ६० वर्षका निराजन (नाम परिवर्तन)सँग एक २२-२३ वर्षीया कलेज गर्ल ठोक्किइन्।

आकर्षक जीउडाल भएकी युवती आफूसँग ठोक्किएपछि महिलाप्रति बढी नै आशक्त निराजन नलोभिने कुरै थिएन।

केही समय उनीहरु सुटुक्क क्याफेहरुमा डेट गरे।

एक दिन युवतीलाई लिएर शारीरिक सम्बन्धका लालसाले निराजन घर गए।

घरमा पुगेपछि दुबै लुगा खोलेर शारीरिक सम्बन्धको लागि तयार हुँदै थिए।

चार पाँच जना युवाको समूले ती युवतीसँगै निराजनको नग्न फोटो खिच्यो।

यसले उनको शारीरिक सम्बन्धको लालसामा पानी मात्रै खन्याएन, अर्को ठूलो तनाव सिर्जना गर्यो।

त्यसपछि बार्गेनिङ सुरु भयो। केही समय निराजनले उनीहरुले मागेजति पैसा दिए।

तर, झन् पछि झन् ठूलो डिमान्ड गर्न थालेपछि गुपचुप रुपमा यो केस हल नगरी उनलाई सुखै थिएन।

हाइ प्रोफाइल निराजनको यो केस प्रहरीले समाधान गर्यो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘केटाहरुलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउने, केटाहरुलाई अँगालो हाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप गर्छन् र अन्त्यमा उनीहरुलाई पैसाका लागि ब्ल्याकमेल गर्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad