छापा खबर


कुमार पौडेलको ‘फेक इन्काउन्टर’ : महानिरीक्षक खनाल विरुद्धसमेत किटानी

कुमार पौडेलको ‘फेक इन्काउन्टर’ : महानिरीक्षक खनाल विरुद्धसमेत किटानी

नेपालखबर
माघ २६, २०७६ आइतबार २:८,

कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ।

गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन्।

मृतककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही गएकी थिइन् । तर, यसअघि नै सो मुद्दाको टुंगो भवितव्य घटनाका रूपमा अनुसन्धान भइसकेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यहीअनुसार जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । पीडितहरूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत विपक्षी बनाई किटानी जाहेरी लिएर गएका थिए । हुलाकबाट दिएपछि दर्ता गर्नैपर्ने बाध्यता प्रहरीमाथि थियो।

गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक खनाललाई कारबाहीको तयारी गरेपछि सिफारिस कार्यान्वयन अघि बढेको थियो।

आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि गत साता पुनः ताकेता गर्दै कारबाहीको चेतावनी दिएको थियो।

ताकेताअनुसार हत्यामा संलग्न प्रहरीलाई कारबाहीको सिफारिस गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय जिल्ला प्रहरी कार्यालय पुगेको थियो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad