छापा खबर


पशुपतिनाथबाट अभियान सुरु : हात मिलाए रोग, नमस्कार गरे मनको योग

पशुपतिनाथबाट अभियान सुरु : हात मिलाए रोग, नमस्कार गरे मनको योग

नेपालखबर
माघ २६, २०७६ आइतबार १:५३,

पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ‘नमस्कार गरौं’ अभियान सुरु गरेको छ।

अभिवादनको नेपाली पद्धति नमस्कार वैज्ञानिक र मानवहितकारी रहेको जनाउँदै ‘हात मिलाए लाग्नसक्छ रोग, नमस्कार गरे हुन्छ मनको योग’ भनेको छ।

कोषका पदाधिकारी, कर्मचारी र दर्शनार्थीबाट नमस्कार संस्कृतिको शुरुआत गर्न लागिएको कोषका सदस्य-सचिव डा प्रदीप ढकालले जानकारी दिए। 

हात मिलाउने, अंकमाल गर्नेजस्ता कार्यकै कारण विश्वमा विभिन्न किसिमका डरलाग्दा सरुवा रोग लाग्न सक्ने समस्या देखिएपछि कोषले आफैबाट नमस्कार संस्कार सुरू गर्न लागेको हो।

विशेष गरी नेपालमा कोरोना भाइसरको संक्रमण बढ्सक्ने सम्भावना भएपछि सबै नेपालीलाई जागरुक गर्न अभियान थालनी गरिएको उनले जानकारी गराए।

‘रोग सर्ने समस्या त छँदै छ, त्योभन्दा पनि अभिभादव वा नमस्कारले श्रद्धा एक–अर्काबीच संस्कार देखिने भएकाले नमस्कार संस्कार सुरू गर्न लागेको हो,’ –सदस्य–सचिव डा ढकालले भने। यसअघि चिकित्सकले विभिन्न खतरनाक रोगबाट बच्न अंकमाल नगर्न र हात नमिलाउन आग्रह गर्दै आएका छन्।

विश्वभरका हिन्दूधर्मको आस्थाको धरोहर भगवान पशुपतिनाथको सामीप्यमार्फत नमस्कार अभियान सञ्चालन गर्न लागेको हो, आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले खबर लेखेका छन्।

हाम्रै संस्कार र संस्कृतिको पहिचान दिन नमस्कार अभियान शुरू गर्न लागिएको सदस्य–सचिव डा ढकालको भनाइ छ।

कोषले पहिलो चरणमा पशुपतिनाथ परिसर, प्रवेश गर्र्ने चारै नाका, विभिन्न मठमन्दिर, श्लेषमान्त वन, कैलाश पर्वत, किरातेश्वर महादेव, गु≈येश्वरीबाट पशुपति आउने बाटोलगायतका क्षेत्रमा सयवटा नमस्कार चिह्न अंकित बोर्ड राख्नेछ।

‘नमस्कार अभिवादनको पवित्र माध्यम र हाम्रो आफ्नै संस्कार हो, एक आपसमा भेट हुँदा नमस्कार गर्ने बानी बसालौं’ अंकित बोर्ड राख्ने भएको हो। पहिलो चरणमा सयवटा बोर्ड राखेपछि त्यसको प्रभावकारिताबारे अनुगमन गरी पुनः दोस्रो चरणमा अन्य क्षेत्रमा विस्तार गर्ने योजना कोषको छ।

सदस्य–सचिव डा ढकालले भने, ‘आजबाट कोषका कुनै पनि पदाधिकारी र कर्मचारीले कोहीसंँग हात मिलाउँदैनन्, सबैले नमस्कार गरेर स्वागत गर्नेछन्।’ नमस्कार नै नेपालीको संस्कार भएकाले आजैबाट सबैले सधैं नमस्कार गर्ने परम्पराको थालनी गर्न लागेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad