आइतबार मुलुकभर १६ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ।
धान संस्कृतिलाई संरक्षण र उत्पादन प्रवद्र्धनका लागि मनाइएको धान दिवसमा सरोकाुवालाले धानको उत्पादन वृद्धि नभएकोमा चिन्ता व्यक्त गरेका छन्।
धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ६ बुँदे रोडम्याप सुझाएको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ।
नार्कका तर्फबाट सार्वजनिक गरिएको रोडम्यापअनुसार उत्पादन बढाउने पहिलो सर्तमा उन्नत बिउ तथा सन्तुलित मलको प्रयोग, सिँचाइको उपलब्धता, सिफारिस गरिएको बिउ र प्रविधिको प्रयोगलाई राखिएको छ।
नार्कले सिफारिस गरेका नयाँ जातका उन्नत बिउ प्रयोग मात्र गर्न सकियो भने पनि धान उत्पादन र उत्पादकत्व दुबै बढ्ने नार्कको धारणा छ।
कुल गार्हस्त उत्पादनमा ७ प्रतिशत योगदान रहेको धान खेति मुलुककै मुख्य कृषि बाली हो।

प्रतिक्रिया