छापा खबर


कोरोना त्रास : १८५ नेपाली लिन आज चीन जाँदै निगमकाे जहाज, यसरी ल्याइँदैछ उनीहरूलाई

कोरोना त्रास : १८५ नेपाली लिन आज चीन जाँदै निगमकाे जहाज, यसरी ल्याइँदैछ उनीहरूलाई

नेपालखबर
फागुन ३, २०७६ शनिबार ०:३३,

कोरोनाको डरले स्वदेश आउन चाहेका १ सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको उहान सहर जाँदै छ।

आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो। नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ। साँझ ६ः४५ मा उहान पुग्ने र त्यसको २ घण्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ। नेपाली समयअनुसार आइतबार २ः१५ बजे नेपाल आइपुग्नेछ।

उद्धारका क्रममा शंकास्पद व्यक्तिलाई विमानको तोकिएको अन्तिम सिट (आइसोलेसन)मा राखिन्छ। जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन ढोकाबाट निकालिन्छ।

जहाजबाट ओराल्दा एकअर्कालाई १ मिटरको दूरीमा राखिनेछ। विमानस्थलमै स्वास्थ्य परीक्षण गरिनेछ। कोही शंकास्पद भए तोकिएको अस्पताल लगिनेछ। सामान्य सबैलाई बसमा राखेर सीधै क्वारेन्टाइनमा पुर्याइनेछ।

उद्धार गरिने १ सय ८५ जनाका लागि ६० कोठा व्यवस्थापन गरिएको छ। उचित दूरीको फरकमा १ देखि ३ जनासम्म राख्ने गरी व्यवस्था गरिएको छ। ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ। क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ, आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन्।

स्वास्थ्य टोली आवश्यकताअनुसार चाबिसै घण्टा सेवामा रहनेछन्। सबैको दिनमा दुईपटकसम्म तापक्रम जाँचिनेछ। सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र र अर्काे १४ दिनमा गरिनेछ। क्वारेन्टाइनमा अभिभावकहरूसँग भेटघाट गर्न पाइने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad