समाज


मन्त्री साहलाई कालोमोसो दल्ने राजपाकै नेताको चेतावनी

मन्त्री साहलाई कालोमोसो दल्ने राजपाकै नेताको चेतावनी

शैलेन्द्र महतो
फागुन २, २०७६ शुक्रबार १६:१२,

प्रदेश २ का समाजिक विकासमन्त्री फेरि विवादित तानिएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुलाई दुर्व्यबहार गरेपछि मन्त्री साह विवादमा तानिएका हुन्।

राजपाका प्रदेश सांसद जानकीशरण साहसँगै नेता झा शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न मन्त्रालयकै चेम्बरमा पुगेका थिए। मन्त्री र मन्त्रालयको विषयमा अपरादर्शीता, भ्रष्टाचार लगायतको व्यापक जनगुनासो बढेको भनेपछि मन्त्री साहले दुर्ब्यबहार गरेको नेता झाले आरोप लगाए।

‘तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ? प्रदेशका सबै जिल्लामा समानूपातिक ढंगले बजेट विनियोजन किन गर्नु हुन्न? तपाईंको यस्ता कार्यशैलिप्रति प्रदेशका जनताहरु रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयहरुमा पारदर्शिता छैन। लगायतका कुराहरु भनिरहँदा मन्त्री साह एक्कासी आफूमाथि जाई लागेको नेता झाले बताए।

‘मन्त्री साहले तपाईंको औकात नै के छ र?’ भनेर आफूलाई अपमानित गरेको नेता झाको भनाइ छ।

‘मैले त उहाँलाई जनगुनासो बढेको छ। जनता असन्तुष्ट छन् भनेर कार्यशैली सुधार गर्न आग्रह गरेको थिए। तर उल्टै उहाँ ममाथि नै जाईलागे।’ नेता झाले भने। बोल्न समेत नजान्ने राजपाको तर्फबाट मन्त्री भएर घुर्की देखाउनु खेदजनक रहेको नेता झारको भनाई छ।

घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरको कुनै कार्यक्रममा सहभागि भए कालोमोसो गर्ने चेतावनी दिएका छन्। नेता झाले स्वयम् आफ्नो फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस् , कालोमोसे दल्छौं। हामीले पनि आफ्नो औकात देखाइदिन्छौं ’ भन्दै मन्त्रीलाई खुल्ला चुनौती दिएका छन्।

नेता झा जस्तै धनुषाका अन्य केहि युवा नेता कार्यकर्ताले मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी समाजिक सञ्जालबाट दिएका छन्।
नेता झाले मन्त्री साहलाई पदबाट हटाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। यस विषयमा शनिबार पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए।

यसअघि पनि मन्त्री साहले पत्रकारलाई जुत्ताले हिर्काउने एक सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए। त्यसपछि एकदिन मन्त्रालयकै कुर्सीमा बसेर तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको थियो। एउटा कार्यक्रममा मेयरहरु पागल भनेर भनेका थिए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि एकपटक अन्तरबार्तामा अपशब्द र अर्कोपटक छोरी सशक्तिकरणको विषयमा प्रतिक्रिया दिनेक्रममा अब छोरीले छोराको मुखमा एसीड खन्याउने भनेपछि व्यापक आलोचना हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad