छापा खबर


लिभिङ टुगेदरमा रहेकी युवतीले गरिन् आत्महत्या, युवक पक्राउ

लिभिङ टुगेदरमा रहेकी युवतीले गरिन् आत्महत्या, युवक पक्राउ

नेपालखबर
फागुन ३, २०७६ शनिबार १:१,

काभ्रेको बनेपामा लिभिङ टुगेदरमा रहेकी युवतीले प्रयद दिवसको अघिल्लो साँझ अर्थात विहीबार झुण्डिएर आत्महत्या गरेकी छिन्।

युवतीलाई झुण्डिएको अवस्थामा भेटेपछि सँगैबस्ने युवकले उपचारका लागि अस्पतालमा लाने क्रममा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार युवकले अस्पतालमा पुर्याएको र अस्पतालले मृत घोषित गरेपछि उनले प्रहरीलाई खवर गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।

रोशी गाउँपालिका ८ मंगलटार घर भई बनेपा नगरपालिका ११ सिनागालमा डेरा गरी बस्दै आएकी १९ बर्षिया युवती रञ्जिता तामाङले आफ्नै डेराको झ्यालमा आफैले लगाउने सुईटरले पासो लगाई झुण्डिएकी हुन्।

झुण्डिरहेको अवस्थामा देखेपछि उनीसँग लिभिङ्ग टुगेदरमा रहेका युवक रोशी गाउँपालिका ५ घर भएका २२ बर्षीय तीर्थमान लामाले अस्पताल पुर्याएको बयान दिएको तिमल्सिनाले जानकारी दिए।

युवतीको बाबु नभएको र आमा बैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । विवाह गर्ने सर्तमा आफूहरु सँगसँगै बस्दै आएको युवनले प्रहरीलाई जनाएका छन्।

आफु भानाजुको घरमा गएर बेलुकी ९ बजेतिर फर्कदा झुण्डिएको अवस्थामा भेटिएको युवकले प्रहरीलाई बताएको प्रहरी निरिक्षक तिमल्सिनाले बताए।

प्रहरीले मृत अवस्थामा रहेकी युवतीको शव परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। युवतीको मृत्युका बारेमा तीर्थमानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad