मधुमेह हाम्रै जीवनशैली तथा खानपानले हुने रोग हो।
अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावका कारण मधुमेहको समस्या हुन्छ।
आजको नयाँ पत्रिकाका अनुसार खानाको नियमित तालिका नहुँदा वा कति खाने, कसरी खाने, कुन समयमा के खाने भन्ने कुराको ज्ञान नहुँदा ब्यालेन्स बिग्रन्छ।
त्यस्तै बिहान नास्ता नगर्ने बानीले शरीरमा यन्सुलिनको मात्रा नियन्त्रणमा हुँदैन र ब्लडसुगर लेभल समेत नियन्त्रणमा रहँदैन। यसले मधुमेहको जोखिम बढाउँछ।
कारण
धेरैबेरसम्म भोकै बस्ने र खान थालेपछि एकैपटक धेरै खाने
बजारमा पाइने पेयपदार्थ तथा इनर्जी डिं«क्स पिउने
शरीरको तौल नियन्त्रण नगर्ने
राति ढिलो खाना खाने र तुरुन्तै सुत्ने
व्यायाम नगर्ने र शरीरलाई नियमित सक्रिय नराख्ने
बच्ने उपाय
धेरै बेर भोको पेट नबस्ने
तालिका मिलाएर पटकपटक खाने बानी बसाल्ने
खानामा हरियो सागसब्जी, सलाद र सुप नियमित समावेश गर्ने
भोजनमा रेसादार खाद्यवस्तुलाई प्राथमिकता दिने
हरेक दिन व्यायाम गर्ने, हिँडडुल गर्ने

प्रतिक्रिया