छापा खबर


चीनबाट फर्किएका नेपालीलाई कोरोना होला कि नहोला? सुनौं स्वास्थ्य जाँच गर्ने डाक्टरको भनाइ

चीनबाट फर्किएका नेपालीलाई कोरोना होला कि नहोला? सुनौं स्वास्थ्य जाँच गर्ने डाक्टरको भनाइ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ०:५८,

‘म डा रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपाई‌‌हरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’

भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा‍. शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए।

शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. शाह नेतृत्वको टोलीले सोमबार सबैको घाँटी र नाकको स्वाब संकलन गर्‍याे। १७५ जनाको थ्रोट स्वाब संकलन गर्न ४ घण्टा लागेको डा. शाहले बताए।

‘खाना खाएर थ्रोट स्वाब संकलन गर्दा वाकवाकी लाग्न सक्ने जानकारी गरायौं। सबै थ्रोट स्वाब संकलनपछि मात्र खानुभयो,’ उनले भने। स्वाब संकलनपछि स्वास्थ्यकर्मीले शरीरमा इथानोलयुक्त ‘स्प्रे’ छर्के।

डा.शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्किंदा खुसी लाग्यो।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित र्याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ।

दाहालले भने, ‘सबै सकुशल हुनुहुन्छ। कोभिड १९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन्।

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए।

कोभिड-१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

याे पनि :  चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले निकै राम्रो व्यवस्था गरेको रहेछ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad