छापा खबर


यता अडियो भाइरल भइरहँदा उता कोहलपुरमा मिडियालाई यसरी होच्याउँदै थिए गोकुल

यता अडियो भाइरल भइरहँदा उता कोहलपुरमा मिडियालाई यसरी होच्याउँदै थिए गोकुल

नेपालखबर
फागुन ११, २०७६ आइतबार २:३४,

यही फाुगन ८ गते गोरखापत्रको कोहलपुर संस्करण सुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याए।

मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्याउँदै उनले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताए।

‘एक आँखा चिम्लिने त सिकारी हुन्छ। प्रेसले दुइटै आँखा खुला गर्नुपर्छ,’ उनको अर्ती थियो, ‘अहिलेको प्रवृत्ति सिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ तर जति ठोके पनि केही फरकै पर्दैन।’

तर यसपटक साँच्चै फरक पर्‍याे। समाजलाई सधैं सदाचारको पाठ सुनाउँदै आलोचकलाई हतोत्साही गर्न खप्पिस बाँस्कोटाको पद खुस्काउने खबर मिडियामार्फत सार्वजनिक भएको थियो।

आज आइतबारको नेपाल साप्ताहिकमा रविराज बराल लेख्छन्– रातारात मिडियाहरूमा आफूले कमिसनका लागि गर्दै गरेको ‘सेटिङ’को अडियो सार्वजनिक भएपछि उनी कोहलपुरबाट काठमाडौं आइपुगे र राजीनामा दिए।

पत्रकार सम्मेलन गरेर प्रश्नहरू सामना गर्ने आँट पनि गरेनन्। बरु नैतिकताका आधारमा राजीनामा दिएको सगर्व घोषणा ट्विटमा गरे।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलन होस् वा सार्वजनिक कार्यक्रम, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटा ‘कन्फिडेन्ट’ देखिन्थे।

तर उनको त्यो ‘कन्फिडेन्ट’ पत्रकारहरूलाई थर्काउन, मिडियाहरूको मानमर्दन गर्न र जनसाधारणमा आलोचित सरकारका कदमको ढाकछोपमा प्रयोग भइरह्यो। बाँस्कोटालाई धाम दिइरहे, प्रधानमन्त्री केपी ओलीले।

याे पनि : 

‘प्रधानमन्त्री नै तानिने अवस्था आएपछि मन्त्रीको तत्काल राजीनामा’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad