छापा खबर


राणाशासन हल्लाउन २००६ सालमा यसरी सुरु भएको थियो ‘हलो क्रान्ति’

राणाशासन हल्लाउन २००६ सालमा यसरी सुरु भएको थियो ‘हलो क्रान्ति’

नेपालखबर
फागुन ११, २०७६ आइतबार ४:२,

राणा शासन फाल्न राजनीतिक मात्र होइन्, सामाजिक आन्दोलन पनि भए।

त्यस्ता सामाजिक आन्दोलनमध्ये एक थियो, हलो क्रान्ति। जुन जातीय छुवाछूत विरुद्ध गरिएको थियो।

आजको हिमाल साप्ताहिकमा भैरव रिसालले यस सम्बन्धि लेख लेखेका छन्।

यो क्रान्तिको नेतृत्व बडो सुझबुझका साथ पण्डित तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मुखिया हरिदासले २००४ सालदेखि नै बनाएका रहेछन्।

तर, फागुन २००५ मा हरिदासको मृत्यु भएपछि यो अभियान केही धकेलिएछ।

अन्ततः ११ साउन २००६ मा लमजुङ दुराडाँडामा शेषकान्त अधिकारीले आफ्नो खेतमा हलोको अनौ समतेर खेत जोतिछाडे।

यो सुन्नासाथ चारैतिर ठूलो खलबल सुरु भएछ। बिस्तारै हलो जोत्ने बाहुनको संख्या २७ जना पुगेछ।

उता कास्कीको बाटुलेचौरमा पनि पण्डित मुक्तिनाथ तिमिल्सिनाको नेतृत्वमा बाहुनकै एक समूहले बारी जोतेछन्।

गोरखामा पूर्णप्रसाद ब्राम्हणहरुको नेतृत्वमा र धादिङ केवलपुरमा देवीप्रसाद पौडेल दम्पती (केवलपुरे किसान), गौराघरेका दाजुभाइसहित चारजनाले हलो जोतेछन्।

ब्राम्हणहरुले गोरु मात्र के जोतेका थिए, राणाशासनको मुटु अर्थात सिंहदरबार हल्लियो। शेषकान्त र तोयानाथलाई गिरफ्तार गरि पोखरा पुर्याइयो।

हलो जोत्ने र नजोत्ने ब्राम्हण परिवारमा चेलीबेटी, इष्टमित्र, ज्वाइँ भानिजको आउजाउ नै बन्द हुन थाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad