छापा खबर


अर्थमन्त्री बहिर्गमन हुने हल्लाले शेयर बजार उर्लियो!

अर्थमन्त्री बहिर्गमन हुने हल्लाले शेयर बजार उर्लियो!

नेपालखबर
फागुन १२, २०७६ सोमबार ३:४५,

पछिल्ला केही दिनमा धितोपत्र बोर्डमा शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उत्साहजनकरूपमा वृद्धि देखिएको छ।

विगत तीन वर्षदेखि निरन्तर खस्किरहेको शेयर बजार सुधारको लयमा आएपछि लगानीकर्ता उत्साहित बनेका खबर आजको समाचारपत्र दैनिकमा परिवर्तन देवकोटाले लेखेका छन्।

साताको शुरुआती दिन आइतबार शेयर बजारमा अहिलेसम्मकै उच्च अंकको वृद्धि भएको छ भने कारोबार रकम पनि अहिलेसम्मकै उच्च भएको छ।

आइतबार नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढ्दै १५०४ दशमलव १४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक १७ दशमलव शून्य ७ अंकको वृद्धि हुँदै ३१७ दशमलव ५० बिन्दुमा पुगेको छ।

कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपियाँमा खरिद–बिक्री भएका छन्। सबैभन्दा बढी जीवन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ। विकास बैंक ८५ र लघुवित्त ५५ अंकले उक्लिएको छ।

पछिल्लो समयको राजनीतिक घटनाक्रमका कारण लगानीकर्तामा उच्च मनोबल बढेको विश्लेषकको बुझाइ छ। अर्थमन्त्री डा.युवराज खतिवडाको बहिर्गमनको हल्लाले पनि लगानीकर्तामा मनोबल बढ्न थालेको विश्लेषकहरू बताउँछन्।

शेयर बजारले विस्तारै लय समातेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउछन्।

बैंकिङप्रति लगानीकर्ताको आकर्षण बढेको बताउँदै रानाभाटले यसले सकारात्मक सन्देश दिन खोजेको बताए।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर बजारमा लगानी गर्न लगानीकर्ता सकारात्मक भएको बताइन्। उनलेअर्थमन्त्री डा. युवराज खतिवडा पनि पछिल्लो समय शेयर बजारप्रति सकारात्मक देखिएको बताउँदै यसले लगानीकर्तामा उत्साह छाएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad