धितोपत्र बजारमा कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ।
विगत केही सातादेखि निरन्तर उच्च अंकले बढेको सेयर बजार सूचक सोही गतिमा घटेको खबर आजको कारोबार दैनिकले छापेको छ।
साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार दुई दिनमै करि १३७ अंकले घटेको हो।
आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब डेढ घन्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ।
आइतबार आएको उच्च गिरावटलाई रोक्न नेप्सेले कर्कित ब्रेकर नै प्रयोग गरेर नियमित कारोबार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नुपरेको थियो।

प्रतिक्रिया