छापा खबर


अमेरिकी राष्ट्रपति ट्रम्पले झुक्किएर कोरोना संक्रमित व्यक्तिसँग हात मिलाएपछि...

अमेरिकी राष्ट्रपति ट्रम्पले झुक्किएर कोरोना संक्रमित व्यक्तिसँग हात मिलाएपछि...

नेपालखबर
फागुन २६, २०७६ सोमबार ०:४८,

अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।

वासिङ्टननजिक नजिक फेब्रुअरीमा भएको उक्त कार्यक्रममा ट्रम्प र पेन्ससहित कैयौं क्याबिनेट सदस्य र ह्वाइट हाउसका शीर्ष अधिकारी सहभागी भएका थिए। कार्यक्रम आयोजक अमेरिकन कन्जरभेटिभ युनियनले रोग नियन्त्रण र रोकथाम केन्द्रलाई उद्धृत गर्दै शनिबार ट्विट गरेको छ।

‘यो भाइरस सम्मेलनभन्दा अघि नै फैलिएको थियो। न्युजर्सीका एक अस्पतालले सहभागी एक व्यक्तिको जाँचमा पोजेटिभ पाएको बताएको छ।’ एजेन्सीलाई उधृत गर्दै आजको नेपाल समाचरपत्रले खबर छापेको छ।

युनियनका प्रमुख म्याट स्केल्पले वासिङ्टन पोस्टलाई आफूले संक्रमित व्यक्तिसँग कुरा गर्दा उनले सम्मेलनमा अन्तिम दिन मञ्चमा ट्रम्पसँग हात मिलाएको बताएको जानकारी दिएका छन्।

कोरोना भाइरस ह्वाइट हाउसनजिक पुगेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म चिन्तित छुइनँ। कोरोना भाइरस फैलिरहे पनि मेरो चुनावी अभियान जारी रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad