चीनको उहानमा ६ दिनको उपचारपछि १ सय ३ वर्षीया चिनियाँ हजुरआमाले कोरोनाविरुद्ध विजय प्राप्त गरेकी छन्।
एक शताब्दी उमेर पूरा गरेकी झाङ गुवाङफेनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको खबर एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।
उनी हालसम्म चीनमा कोरोना भाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन्। योभन्दा पहिले पनि १ सय १ वर्षका व्यक्ति चीनमा कोरोना भाइरसबाट मुक्त भएका थिए।

प्रतिक्रिया