सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ।
कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड बनाइएको हो।
तर, काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिको नतिजाले १४ दिनपछि पनि संक्रमण देखिन सक्ने पुष्टी गरिदिएको छ।
अपार्टमेन्टमा बस्ने आमा छोरालाई होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि कोरोना पोजेटिभ देखिएको छ, त्यो पनि कुनै लक्षणबिना। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
उनीहरु ४ चैतमा लन्डनबाट फर्किएका थिए। २५ दिनसम्म कुनै लक्षण नदेखिएपछि उनीहरु संक्रमण नभएकोमा ढुक्क थिए।
तर, कागेश्वरी मनोहरा नगरपालिकाले उनीहरुसहित विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरेर सोमबार मुलपानी स्वास्थ्य चौकीमा र्यापिङ टेस्ट गरेको थियो।
र्यापिङ टेस्टमा आमा, छोरा र बुहारीको नतिजा पोजेटिभ आएको थियो।
२५ दिनपछि पिसिआर परीक्षणमा समेत संक्रमण पुष्टी भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरु अनुत्तरित बनेका छन्।
उनीहरुले १४ दिन क्वारेन्टाइनमा बसेर मात्रै संक्रमणबाट जोगिन नसक्ने निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया