समाज


दिल्लीबाट फर्केका सप्तरीका २ जनामा र्‍यापिड टेस्टले देखायाे कोरोना

दिल्लीबाट फर्केका सप्तरीका २ जनामा र्‍यापिड टेस्टले देखायाे कोरोना

शैलेन्द्र महतो
बैशाख २, २०७७ मंगलबार १७:३०,

कोरोना संक्रमण भए–नभएको भनी तीव्र रुपमा परीक्षण गरिने बिधि र्‍यापिड डायग्नष्टिक टेष्ट (आरडीटी)मा सप्तरीका दुईजनामा कोरोना संक्रमण देखिएको छ।

भारतको राजधानी दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनाको र्‍यापिड परीक्षण गर्दा २ जनाको पोजिटिभ नतिजा आएको हो।

पोजिटिभ रिपोर्ट देखिएका एकजना सप्तरीको खडक नगरपालिकाका र एकजना तिलाठी कोइलाडी गाउँपालिकाका हुन्।

उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा र्‍यापिड टेस्ट गरिएको थियो। आठजना मध्ये दुईजनाको पोजिटिभ पाइएको अस्पतालका एक चिकित्सकले नेपालखबरलाई जानकारी दिए।

दुबैजनाको स्वाब पीसीआर विधिबाट परीक्षाको लागि बुधबार स्वाब (नमूना) धरान पठाइने अस्पतालले जनाएको छ ।

केहि दिन पहिले सरकारले सातै प्रदेशमा ५००० का दरले आरडीटी किट्स पठाएपछि सबैतिर याे बिधिबाट व्यापक रुपमा परीक्षण भइरहेकाे छ। यसबाट आएका केहि रिपाेर्ट थप परीक्षण गर्दा मेल खाएकाे छ भने केहि फरक परेकाे छ।

याे पनि:
र्‍यापिड टेष्टमा काभ्रेका दुई र धादिङका एक जनामा कोरोना पोजेटिभ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad