समाज


र्‍यापिड टेष्टमा काभ्रेका दुई र धादिङका एक जनामा कोरोना पोजेटिभ

र्‍यापिड टेष्टमा काभ्रेका दुई र धादिङका एक जनामा कोरोना पोजेटिभ

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १५:३६,

काभ्रेको मन्डन देउपुरमा दुई जना युवामा र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ भेटिएको छ।

नगरपालिकाको स्वास्थ्य टोलीले मंगलबार गरेको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव धुलिखेल अस्पताल पठाइएको छ।

युएईबाट चैत ५ गते नेपाल आएका ती युवा नगरपालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन बसेका थिए। तर त्यो अवधिमा कुनै संक्रमण नदेखिएपछि उनीहरु घर गएका थिए। घरमा रहँदा उनीहरुले स्थानीय स्तरमा भेटघाट समेत गरेका थिए।

तर, स्थानीयले पुनः आशंका गरी नगरपालिकालाई भनेर मंगलबार र्‍यापिड टेष्ट गरिएको थियो। त्यसक्रममा कोरोना पोजेटिभ आएपछी थप परीक्षण गर्न स्वाव धुलिखेल पठाइएको धुलिखेल अस्पतालका एक कर्मचारीले जानकारी दिए। युवकका आफन्त सबैलाई क्वारेण्टिनमा राखिएको छ।

यता, काभ्रेमा दुई युवामा कोरोना पोजेटिभ देखिएपछि लकडाउनलाई थप कडा बनाइएको छ। लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएका विभिन्न जिल्लाका पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो।

सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्।

जिल्ला प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरी बाहिर हिँड्नेलाई नियन्त्रणमा लिने जनाएको छ। सवारी पास नलिइ सवारी चलाउन पनि प्रशासनले प्रतिबन्ध लगाएको छ।

kavre-1.jpg

यस्तै, धादिङका एक युवामा पनि र्‍यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ देखिएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका–३ का ति युवा कोरियाबाट फागुन २० गते नेपाल आएका थिए। उनी घरमै बसेका थिए। मंगलबार गरिएको र्‍यापिड टेष्टमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव भोलि काठमाडौं पठाइने सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad