छापा खबर


आर्थिक विधेयक : स्वदेशी बिजुली खपतलाई निरुत्साहन

आर्थिक विधेयक : स्वदेशी बिजुली खपतलाई निरुत्साहन

नेपालखबर
जेठ १७, २०७७ शनिबार ०:६,

विद्युतमा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ।

आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा सरकारले भन्सार महसुल बढाएको छ।

यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरु बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमल्सिनाले लेखेका छन्।

सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्षभित्र नेपालमा ७ हजार मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।

उत्पादित बिजुली विदेशमा निर्यात गर्ने टुंगो नलागेको अवस्थामा अन्तरिक खपत बढाउनुपर्ने स्थितिमा महसुल बढाएको भन्दै सरकारको आलोचना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad