छापा खबर


सीमाविद् भन्छन् : भारतद्वारा ६०६ वर्ग किमि नेपाली भूमि अतिक्रमण

सीमाविद् भन्छन् : भारतद्वारा ६०६ वर्ग किमि नेपाली भूमि अतिक्रमण

नेपालखबर
जेठ १७, २०७७ शनिबार ३:५६,

सीमाविद्हरूका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ।

भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष हौसिँदै एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गर्ने क्रम बढ्दै गएको सीमाविद्हरूले बताएका खबर आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमा जोडिएका २७ जिल्लामध्ये भारतले २४ जिल्लाका ७१ स्थानमा ६ सय ६ वर्ग किमि नेपाली भूमि विभिन्न बहानामा अतिक्रमण गरेको बताए।

भारतले सीमा अतिक्रमण, बाधा विरोध, दाबा, प्रतिवाद, सीमापार, गोठ, प्रमोट, दक्खल गरी नेपाली भूमि अतिक्रमण गर्ने क्रम बढाउँदै आएको सीमाविद् श्रेष्ठको भनाइ छ। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय आइरहँदा नेपालका अन्य क्षेत्रमा पनि भारतले सीमा अतिक्रमण गरेर नेपालीलाई सास्ती दिँदै आएको छ,’ सीमाविद् श्रेष्ठले भने।

कहाँ कति अतिक्रमण?
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३७२ वर्ग किमि
नवलपरासीको सुस्तामा १४५ वर्ग किमि
अन्य विभिन्न ६९ स्थानमा ८९ वर्ग किमि
२४ जिल्लाका ७१ स्थानमा भूमि अतिक्रमण
जम्मा अतिक्रमित नेपाली भूमि ६०६ वर्ग किमि

नेपाल–भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमा रेखामा जोडिएको छ, जसमा २४ स्थानमा सीमा समस्या रहेको सीमाविद्ले बताएका छन्। सीमाविद् श्रेष्ठका अनुसार भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३ सय ७२ वर्ग किमि, नवलपरासीको सुस्तामा १ सय ४५ वर्ग किमि र अन्य ठाउँमा ८९ वर्ग किमि भूभाग अतिक्रमण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad