छापा खबर


भारतबाट काठमाडौं आएकी मनीषा क्वारेन्टाइनमा, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

भारतबाट काठमाडौं आएकी मनीषा क्वारेन्टाइनमा, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ०:१३,

अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्।

मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

मनीषाको पारिवारिक सुत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी खबर आजको राजधानी दैनिकले छापेको छ।

आफ्ना परिवारसँग मनीषाले क्वारेन्टाइनबाटै कोरोना परीक्षणको लागि स्वाब ल्याबमा पठाएकी छन्। उनीहरुको रिपोर्ट शुक्रबारसम्म आउने आशा गरिएको छ।

अहिले उनले निश्चित दूरी बनाएर खास आफन्तबाहेक अरुसँग भेटघाट गरेकी छैनन्। क्वारेन्टाइनको १४ दिनपछि मात्र उनले अरुलाई भेट्ने बताएकी छन्।

दुई साताअघि नेपाल सरकारले जारी गरेको नेपालको नयाँ नक्साबारे सकारात्मक प्रतिक्रिया दिएपछि उनीविरुद्ध भारतीय मिडिया खनिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad