छापा खबर


आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

नेपालखबर
असार १२, २०७७ शुक्रबार ०:५,

दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

आत्महत्या गरेका दुल्लु नगरपालिका-१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको खबर आजको राजधानी दैनिकमा दैलेखबाट भक्तबहादुर शाहीले लेखेका छन्।

९ असारमा घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो।

‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोस्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं,’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

एक महिनाअघि भारतबाट दैलेख आएका ती युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडिटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad