समाज


कोरोना मिटर : एकै दिन १ लाख ७५ हजारमा संक्रमण, ५ हजार भन्दा बढीको मृत्यु  

कोरोना मिटर : एकै दिन १ लाख ७५ हजारमा संक्रमण, ५ हजार भन्दा बढीको मृत्यु   

नेपालखबर
असार १२, २०७७ शुक्रबार ०:३९,

विश्वभर कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७५ हजार ६ सय ३२ मा कोरोना संक्रमण देखिएको छ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९६ लाख ९५ हजार तीन सय ७० पुगेको वल्र्डओमिटरमा उल्लेख छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा विश्वभर पाँच हजार ९७ जनाको कोरोनाबाट ज्यान गएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ८९ हजार ५६ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ८० जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा मेक्सिकोमा नौ सय ४७, अमेरिकामा पाँच सय ९५, भारतमा चार सय एक, बेलायतमा एक सय ४९, पेरुमा एक सय ७५, चिलीमा एक सय ७२, इरानमा एक सय ३४, पाकिस्तानमा एक सय ४८, कोलम्बियामा एक सय ६३, इराकमा एक सय सात जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म बसैभन्दा धेरै अमेरिकामा एक लाख २६ हजार सात सय २६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा ५५ हजार भन्दा धेरै, बेलायतमा ४३ हजार भन्दा धेरै, इटालीमा साढे ३४ हजार भन्दा धेरै, फ्रान्समा साढे २९ हजार भन्दा धेरै, स्पेनमा २८ हजार भन्दा धेरै, मेक्सिकोमा २४ हजार भन्दा धेरै, भारतमा १५ हजार भन्दा धेरै, इरानमा १० हजार भन्दा धेरैको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad