समाज


स्वास्थ्य मन्त्रालयले माग्यो ८ वटा स्वास्थ्य संस्थामा अध्यक्षदेखि रजिष्ट्रारसम्मको जनशक्ति

स्वास्थ्य मन्त्रालयले माग्यो ८ वटा स्वास्थ्य संस्थामा अध्यक्षदेखि रजिष्ट्रारसम्मको जनशक्ति

नेपालखबर
असार २, २०८३ मंगलबार १२:३३, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ८ वटा स्वास्थ्य संस्थाका लागि अध्यक्षदेखि रजिष्ट्रार पदमा आवेदन आह्वान गरेको छ। 

मन्त्रालयले आज सूचना जारी गर्दै सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन आग्रह गरेको हो। 

स्वास्थ्य बिमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद् र नेपाल फार्मेसी परिषद्मा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ। 

यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा पनि आवेदन माग गरिएको छ। 

मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारका लागि आवेदन माग गरेको छ। 

आवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमा उपलब्ध लिंकमार्फत पेस गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।  

सरकारले अध्यादेश मार्फत यी संस्थाका पदाधिकारी पद मुक्त गरेको थियो।  मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो। दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवार अन्योलमा परेका थिए। दरखास्त निकालेको दुई दिन पछि जेठ २२ गते सूचना स्थगित भएको जनाएको थियो। 

मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्ति गर्न जेठ २९ गते कार्यविधि प्रकाशित गरेको थियो। सो अनुसार असार २ गते पुन दरखास्त माग गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad