ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुलमा एक विद्यार्थीको मृत्यु भएको छ।
डीएभीको कक्षा १२ मा अध्ययनरत काठमाडौँको गौशाला घर भएका आरएन सिंहको लडेर मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।
‘उहाँ सोमबार दिउँसो लडेको भन्ने जानकारी छ। त्यसपछि उपचारको लागि लगिएको थियो। तर अस्पतालमा ६ घण्टापछि मृत्यु भयो’, एसपी मिश्रले नेपालखबरसँग भने, ‘भवितब्य लडेको हो वा सुसाइड हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। आफन्तले पनि अनुसन्धानको माग गर्नु भएको छ।’
विद्यार्थी सिंहको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।

प्रतिक्रिया