बिहीबार, ४ असार २०८३ (१८ जुन २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। रमणीय र सुखद यात्राको योग छ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष: नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। पारिवारिक भेटघाटमा मन रमाउनेछ। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: दिन मध्यम खालको छ। सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार-विहारप्रति सजग रहनु पर्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: जिद्दीपनले गर्दा काम बिग्रने डर छ। नियमित खर्च बढ्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। गरेको प्रयत्न निष्फल जस्तै होला। सरकारी निकायको भय रहने देखिन्छ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। मन्त्र- सही आचरण नै प्रगति हो।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कन्या: शुभ समाचार सुन्न पाइएला र त्यसले मनमा शान्ति छाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मन्त्र- आफ्नो निर्णयमा विश्वास गर।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक: तीर्थाटनको योग छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। मन्त्र- फरक सोचले नै फरक सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको दर्शन गर्ने, सजिलै अरूको विश्वास नगर्ने।
धनु: परिणाममुखी जिम्मेदारी वहन गर्ने समय आएको छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाब लिने। खरानी रङको प्रयोग नगर्ने।
मकर: काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कुम्भ: काम गर्ने हौसला मिल्नेछ र सफल यात्राको योग छ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भय पनि छ सचेत रहनुहोला। धैर्य नै सबैभन्दा दृढ सफलता हो भन्ने मन्त्र मनन गर्नु होला।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१ र यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। भिन्नता नै भविष्यको हस्ताक्षर हो भन्ने मन्त्र मनन गर्नु होला।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
Shares

प्रतिक्रिया