छापा खबर


एकै दिन दुई पटक राष्ट्रपतिलाई किन भेटे प्रधानमन्त्रीले?

एकै दिन दुई पटक राष्ट्रपतिलाई किन भेटे प्रधानमन्त्रीले?

नेपालखबर
असार १७, २०७७ बुधबार ३:७,

सत्तारुढ नेकपा भित्रको विवाद तीब्र बनिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक राष्ट्रपति भवन शितलनिवास पुगी राष्ट्रपति भण्डारीसँग भेटेका हुन्।

राष्ट्रप्रमुख र सरकार प्रमुखबीच मुलुकको पछिल्लो अवस्थावारे नियमित छलफल हुनु स्वाभाविक हो। तर, सत्तारुढ पार्टीभित्रको विवाद बढ्दै गएपछि विगतमा पनि राष्ट्रपतिले चासो र सक्रियता देखाउँदै आएकी थिइन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

सरकार प्रमुख राष्ट्रप्रमुखको पछिल्लो भेटघाटमा नेकपाभित्रको आन्तरिक विवाद र त्यसले उत्पन्न गर्नसक्ने अवस्थावारे छलफल भएको हुन सक्ने नेकपाकै नेताहरुको बुझाइ छ।

राष्ट्रपतिलाई सक्रिय शासन गर्ने भोक जागेको आरोप लगाउँदै नेकपाका एक नेताले भने, ‘नेकपाको बैठक सुरु भएकै दिन गत बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई बोलाएर राष्ट्रपतिले सरकारले राम्रो काम गरिरहेको छ भनेर पार्टीभित्र दबाब खडा गर्न खोजिएको हो।’

संसद् सचिवालयमा कार्यरत महिलामाथि यौनहिंसाको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि नयाँ सभामुख चयन, दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच यसअघि आएको दरार मिलाउनेसहितका विषयमा राष्ट्रपतिको सक्रियता रहेको नेकपाकै नेताहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad