अमेरिकामा कोरोना संक्रमण आउँदा दिनमा अझ भयावह हुने सम्भावना देखिएको त्यहींका संक्रामक रोगसम्बन्धी शीर्ष विशेषज्ञले बताएका छन्।
अमेरिकामा कोरोना महामारी नियन्त्रणका लागि बनाइएको टास्क फोर्सका एक सदस्य डा. एन्थोनी फाउचीले अमेरिकामा संक्रमण नियन्त्रणतर्फ होइन, अझ बढ्ने जोखिम देखिएको चेतावनी दिएका हुन्।
अहिले अमेरिकामा दैनिक ४० हजार जनाजति कोरोनाबाट संक्रमित हुने गरेका छन्। अझै सावधानी अपनाइएन भने आगामी दिनमा दैनिक १ लाखभन्दा बढी संक्रमित हुने खतरा रहेको डा. फाउचीले चेतावनी दिएका छन्।
अहिले विश्वमै सबैभन्दा बढी संक्रमित अमेरिकामा छ। त्यहाँ बुधबार बिहानसम्म २७ लाख २७ हजार ८ सय ५३ जनालाई काेराेना संक्रमण भइसकेकाे छ भने तीमध्ये १ लाख ३० हजार १ सय २२ जनाकाे मृत्यु भइसकेकाे छ। साथै संक्रमितमध्ये ११ लाख ४३ हजार ३ सय ३४ जना भने निकाे भइसकेकाे वर्ल्डओमिटरकाे तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया