छापा खबर


काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, तर सर्वसाधारणमा भने डर घट्दै

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, तर सर्वसाधारणमा भने डर घट्दै

नेपालखबर
असार १७, २०७७ बुधबार २:३६,

२ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो।

तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदासमेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर, संक्रमणको उच्च बिन्दु करिब एक महिनापछि मात्र हुने स्वास्थ्य मन्त्रालयको आकलन छ।

विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ।

जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भनेर भन्न नसकिने बताए । उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत संक्रमण देखिन थालेको छ।

यसबाट संक्रमण समुदायमा समेत पुगेको बुझिने तथा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सक बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad