राजनीति


पद धरापमा परेपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

पद धरापमा परेपछि प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

नेपालखबर
असार १७, २०७७ बुधबार २:८,

आफ्नै पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहानै आफूनिकट मन्त्री तथा सांसदलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

          याे पनि: अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

अहिले प्रधानमन्त्रीको सरकारी निवासमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्। साथै बैठकमा मध्यमार्गी विचार राख्ने पूर्वमाओवादीका केही सांसदलाई पनि बोलाइएको छ

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्न तथा सल्लाह लिन आज बिहानै साढे ७ बजे आफूनिकट नेताको बैठक आह्वान गरेको नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले  अहिले केही सांसदसँग छलफल गरिरहेका छन्।

याे पनि: ओलीकै योजनामा एमाले ब्युँताउन खोजिएको हो, मसँग प्रमाण छ : वामदेव

मन्त्रिपरिषद्काे बैठक हाेइन। आन्तरिक सल्लाहका लागि भेला बाेलाइएकाे एक मन्त्रीले नेपालखबरसँग बताए। एक  सांसदले भने गुटको भेला भनेर टिप्पणी गरेका छन्। 

याे पनि: नेकपामा शीर्ष नेताबीच सत्ता संघर्ष चुलिँदै गर्दा दुई मन्त्रीको यस्तो ट्वीट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad