राजधानी काठमाडौंको असन तथा महाबौद्धमा व्यापार गर्ने एकै परिवारका पाँच जनामा काेरोना भाइरसको संक्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएको छ।
त्यहाँ कोरोना परीक्षणलाई व्यापक बनाइने भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
शहीद शुक्रराज अस्पतालका निर्देशक सागर भण्डारीले भारतको सीतामढिबाट फर्किएका एकै परिवारका पाँच जनामा कोरोना देखिएको बताए। त्यो परिवारमा छोरी बाबुआमा, भाइ र छोरीको छोरालाई कोरोना देखिएको हो।
संक्रमितको उमेर ८ देखि ६० वर्षसम्म रहेको छ। संक्रमित सबैलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका ५८ जना स्थानीय तत्काल परीक्षण गर्नुपर्यो भन्दै टेकु पुगेका थिए।
तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरुको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको छ।
सोमबारबाट महाबौद्ध क्षेत्रका स्थानीयले त्यस क्षेत्रका पसल बन्द गराएका छन्।
Shares

प्रतिक्रिया