छापा खबर


प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति संवाद, एकअर्कालाई बचाउने सहमति!

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति संवाद, एकअर्कालाई बचाउने सहमति!

नेपालखबर
साउन २१, २०७७ बुधबार १:५५,

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति संवाद, एकअर्कालाई बचाउने सहमति!

‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने ’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको सूचना पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए।

प्रधानमन्त्री अध्यादेशमार्फत् आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिन्ह सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको देशका वरिष्ठ अधिवक्ताहरुले अनुमान लगाएका छन्। यो खबर आजको जनआस्था साप्ताहिले छापेको छ।

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद कुनै किसिमले अदालतमा प्रवेश गर्दाको अवस्थामा साथ खोजिएको सो भेलाको आँकलन थियो।

सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधिवेहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको र त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले सुनाए।

खड्काका अनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad