प्रदेश १, २, ३ र ५ का धेरैजसो भूभाग कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छन्।
तर, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा यी क्षेत्रमा कम पानी पर्ने जनाएको छ।
यसले यस वर्ष धान उत्पादनमा असर पर्ने खबर आजको हिमाल साप्ताहिकमा गोपाल गड्तौलाले लेखेका छन्।
प्रमुख बाली धानका लागि आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता छ।
मनसुनको उत्तराद्र्धमा झन् कम वर्षा हुने मौसम विज्ञान विभागको अनुमानले यस वर्ष धान उत्पादनमा कमी आउने आँकलन गरिएको छ।
कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा.दीपक भण्डारी समग्रमा धानका लागि अनुकूल मौसम नभएकाले सिंचाई सुविधा कम भए पनि उब्जनी हुने बाली लगाउनु पर्नेमा जोड दिन्छन्।
उनी भन्छन्, ‘पछिल्ला वर्षहरुमा वर्षायाममा कम पानी पर्ने गरेकाले सुक्खा थेग्न सक्ने बाली लगाउनु उचित देखिन्छ।’
देशभर धान खेतीका लागि सरदर ६ सय देखि ७० सय मिलिलिटर वर्षा आवश्यक हुन्छ।’
विज्ञहरु धानको तुलनामा सुक्खा खप्न सक्ने गहुँ, मकै र कोदो बाीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने सुझाब दिन्छन्।
Shares

प्रतिक्रिया