नारायणी नदीमा रिभर क्रुज सिप (मिनी पानीजहाज) सञ्चालन हुने भएको छ।
नेपालमै पहिलोपटक मिनी पानीजहाज दसैँअघि सञ्चालन गर्ने गरी तयारी भइरहेको हो।
भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वन काभ्रेघाटमा राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले करिब ३५ करोड रुपैयाँ लगानीमा रिभर क्रुज निर्माण गरिरहेको छ।
चैत पहिलो सातादेखि निर्माण सुरु भएको पानीजहाज आगामी दुई महिनामा बनाइसक्ने कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
सुरुमा पर्यटन प्रयोजनका लागि मात्र पानीजहाजको प्रयोग हुनेछ । ‘कम्पनीले पानीजहाज चलाउन काभ्रेघाटदेखि देवघाटसम्म अनुमति लिइसकिएको छ। विवेक पोखरेलले यो खबर चितवनबाट आजको नयाँ पत्रिकामा लेखेका छन्।
दुई सयजनासम्मलाई सेवा दिन मिल्ने गरी पानीजहाजको निर्माण भइरहेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले भने।
दुई तलाको पानीजहाज, प्रतिघन्टा ३६ किलोमिटरको गतिमा चल्ने पानीजहाज दुई तला, एक सय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । एकपटकमा दुई सयजनाले सयर गर्न सक्ने कँडेलले बताए ।
तत्कालका लागि पानीजहाज सञ्चालन गर्ने क्रु–मेम्बर र प्राविधिक विदेशी हुने र भविष्यमा नेपालमै जनशक्ति उत्पादन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया