छापा खबर


प्रहरीमा संक्रमण दर तीव्र, ३६ सय संक्रमित

प्रहरीमा संक्रमण दर तीव्र, ३६ सय संक्रमित

नेपालखबर
असोज ६, २०७७ मंगलबार २:२२,

नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ। यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् । 

प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७ हजार छन् । संक्रमितमध्ये एक हजार आठ सय १७ जना उपचाररत रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

‘संक्रमण बढ्दो छ । अब उच्च मनोबलका साथ जुधेर अघि बढ्नुको विकल्प भएन,’ उनले भने, ‘आधा प्रहरी निको भएर ड्युटीमा फर्किएकाले ठूलो समस्या छैन ।’ 

उपत्यकामा करिब १० हजार प्रहरी कार्यरत रहेकोमा १३ प्रतिशतभन्दा धेरै संक्रमित भइसकेका छन् । उपत्यकामा मात्र एक हजार तीन सय ३० प्रहरी संक्रमित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

जसमध्ये ६ सय ५२ जना निको भइसकेको महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवले बताए । उपत्यकाका सबैजसो कार्यालयका प्रहरीमा संक्रमण देखिएको छ ।

 भिड नियन्त्रणदेखि अभियुक्त पक्राउ पर्नेसम्मका काममा खटिँदा संक्रमण सरेको प्रहरीले जनाएको छ । भिडमा हिँड्ने र साँघुरो ब्यारेकमा बस्ने भएकाले एक प्रहरीलाई संक्रमण भएमा केही दिनमै धेरैलाई सर्ने गरेको छ । प्रहरीमा संक्रमण हुँदा प्रहरीबाट समुदायमा संक्रमण फैलने जोखिम पनि बढ्दो छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad