अटो


एसयुभी खरिदमा ४ लाखसम्म छुट, १० लाख ‘डाउन पेमेन्ट’मै कार लान पाइने

एसयुभी खरिदमा ४ लाखसम्म छुट, १० लाख ‘डाउन पेमेन्ट’मै कार लान पाइने

नेपालखबर
असोज ६, २०७७ मंगलबार २:२२,

डिएफएसकेको आधिकारिक बिक्रेता कुजु नेपालले दसैं-तिहारको उपलक्ष्यमा एसयुभी कार खरिदमा विशेष छुटको योजना ल्याएको छ।

प्रिमियम एसयुभी खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याइएको कम्पनीले जनाएको छ।

‘अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले डिएफएसकेको कुनै पनि मोडलको खरिदमा अफर दिन लागेका हौँ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीले ग्लोरी-५६० र ग्लोरी-५८० एसयुभी नेपालमा बिक्री वितरण गर्दै आएका छौं।’

तत्काल डाउन पेमेन्ट नहुने ग्राहकको समस्या विचार गरेर १० लाख रुपैयाँ बुझाएर पनि गाडी लान सक्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयुभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता कम्पनीले नै तिरिदिने व्यवस्थासमेत गरेको छ।

यीमध्ये कुनै पनि योजना छनोट गरेर ग्राहकले नयाँएसयुभी खरिद गर्न सक्ने छन्।

साथै गाडी किन्ने ग्राहकले लक्की ड्रमार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

पुराना गाडी लिएर एक्सचेन्जका लागि आउने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँसम्मको बोनस दिने तथा २०७७÷७८ को सडक दस्तुर पनि तिरिदिने व्यवस्था गरिएको छ।

हाल डिएफएसके ब्रान्डका गाडी नेपाललगायत युरोप, ल्याटिन अमेरिका, अफ्रिका, एसिया तथा मिडल–इस्टका ६१ देशमा निर्यात भइरहेको कम्पनीले जानकारी दिएको छ। डिएफएसकेको फ्याक्ट्री चाइना तथा इन्डोनेसियामा छन्।

यस्तो छ ग्लोरी–५८०

डिएफएसकेको ग्लोरी–५८० मोडल एक कम्प्याक एसयुभी हो। यसमा सेभेन–सिटको सुविधा छ। यो एसयुभीमा १।५ लिटरको टर्बोचाज्र्ड इन्जिन तथा ६ स्पिड अटोमेटिक सिभिटी ट्रासमिसन छ।

अगाडि बम्परमा तीनवटा लाइनमा रहेको क्रोम फिनिसिङले यसलाई स्पोर्टी देखाएको छ। यसमा प्रोजेक्टरसहितको एलइडी डेटाइम रनिङ–लाइट छ, जसलाई लायनआई–सेपमा डिजाइन गरिएको छ।

बडी–कलर बम्परलाई अगाडिको साइडबाट तानेर कर्भी बनाइएको छ। साइडमा देखिने कर्भी डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ।

यसको रियरमाब्ल्याक–कलरको बम्पर छ भने रियर विन्डोमा डिफोस्टर तथावाइपर छ। रियर विन्डोको माथि रहेको स्पोइलर तथा सार्कफिन एन्टेनाले यसको ब्याक–प्रोफाइल पनि उत्कृष्ट देखाएको छ। रियरमा ड्युलटोन सिसेपको ब्याक–लाइट छ।

ग्लोरी–५८० को इन्टेरियर आकर्षक छ। ड्युल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याबिनलाई लग्जरियस फिल गराउँछ। थि–स्पोक स्टेरिङ ह्विलमा अडियो, फोन तथा क्रुज कन्ट्रोलको माउन्टेड सुइज छ।

क्याबिनमा रहेको पानारोमिक सनरुफले यो एसयुभीलाई अझ आकर्षक बनाएको छ। चालकको आरामका लागि सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट छ भने अगाडि प्यासेन्जरको सिट फोर–वेमा एड्जस्ट गर्न सकिन्छ। यसको सेकेन्ड–रोमारहेको सिटमा आर्म–रेस्ट पनि छ। यो एसयुभीमा सुरक्षाका लागि सम्पूर्ण आधुनिक फिचर छन्।

एसयुभीमा इबिडीसहितको एबिएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टुइन–साइड तथा कर्टन एयरब्याग, रिभर्स पार्किङ सेन्सर तथा क्यामरा छन्। यो एसयुभीले एन–क्यापको क्रयास टेस्टिङमा फाइभ–स्टार रेटिङ पाएको छ। यसको मूल्य ६७ लाख ९० हजार रुपैयाँ हो।

यस्तो छ ग्लोरी–५६०

ग्लोरी–५६० को लम्बाइ ४५१५ एमएम, चौडाइ १८१५ एमएम र उचाइ १७३५ एमएम छ। यसमा २६९० एमएमको ह्विलबेस दिइएको छ। गाडीको कूल तौल २ हजार ५ केजी छ।

ग्लोरी–५६० मा युरो ५ मापदण्डको इन्जिन छ। यसमा रहेको १।५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपिएममा १४८ बिएचपावर र १८०० देखि ४००० आरपिएममा २३० एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पिड म्यानुयल गियरबक्स दिइएको छ। साथै ५० लिटरको इन्धन ट्यांक उपलब्ध छ।

ग्लोरी–५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयुभी हो। यसको चारै चक्कामा डिस्क ब्रेक छ। १७ इन्चको अलोय ह्विल, एयरब्याग, सिट बेल्ट रिमाइन्डर, एबिएस, इबिडी, इन्जिन इमोबिलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्यार्स अटो अनलकजस्ता फिचर यसमा पाउन सकिन्छ।

ग्लोरी–५६० मा सफ्ट टच ड्यासबोर्ड छ भने त्यसमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले छ। रिभाइज क्यामेरा, पुस स्टार्टरस्टप बटम, किलेस इन्ट्रीजस्ता विशेषता यसमा छन्।

कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ, त्यही बराबरको वारेन्टी प्रदान गर्नेछ। ग्लोरी–५६० को मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad