छापा खबर


ओली र प्रचण्डबीच ‘लेटर बम’ आदान-प्रदान

ओली र प्रचण्डबीच ‘लेटर बम’ आदान-प्रदान

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार २३:४१,

नेकपामा पार्टी बैठक, समूहगत छलफल र कहिलेकाहीँ सार्वजनिक कार्यक्रममै एक–अर्काबीच आरोप–प्रत्यारोप सामान्य थियो।

तर, पछिल्लो विवादमा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप लिखित रूपमै पेस भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले ओली र प्रचण्डबीच आदानप्रदान भएका तीनवटा पत्रको सवाल-जवाफसहितको समाचार लेखेका छन्।

सुरुमा २२ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पत्र बुझाएका थिए।

पार्टी र सरकार सञ्चालनका केही प्रश्नसहित आफूलाई बुझाइएको पत्रको ओलीले २५ कात्तिकमा लिखित रूपमै जवाफ दिए । ओलीले आफूमाथि निसाना लगाएर जवाफ लेखेपछि प्रचण्डले २८ कात्तिकमा फेरि ओलीलाई जवाफी पत्र लेखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad