छापा खबर


३८ दिनसम्म पनि कोरोना पोजेटिभ, तर चिकित्सक भन्छन्- १४ दिनपछि लक्षण भए पनि काममा जान सकिन्छ

३८ दिनसम्म पनि कोरोना पोजेटिभ, तर चिकित्सक भन्छन्- १४ दिनपछि लक्षण भए पनि काममा जान सकिन्छ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ०:२३,

पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितमा लामो समयसम्म संक्रमण देखिन थालेको छ।

पत्रकार शान्ति लामा ४३ दिनसम्म संक्रमणको पीडामा छिन्। उनले ३८ दिनमा परीक्षण गर्दा पनि संक्रमण देखिएको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

लामालाई सुरुकका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउनेसम्मका सबै लक्षण देखिए।

नेपाल टेलिभिजनमा कार्यरत पत्रका केशवराज विष्टलाई संक्रमण मुक्त हुन ३५ दिन लाग्यो।

यी त कोरोना संक्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन्। नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समसयसम्म कोरोना संक्रमण मुक्त हुन सकेका छैनन्।

तर, चिकित्सकहरु लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रुपमा नियमित काममा निस्कँन कुनै असर नपर्ने बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना संक्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन्।

१४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad