छापा खबर


मध्यपहाडी राजमार्ग बन्दै छ समृद्धिको आधारशिला

मध्यपहाडी राजमार्ग बन्दै छ समृद्धिको आधारशिला

नेपालखबर
पुस १, २०७७ बुधबार २:२९,

विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् ।

नेपालमा भने यस्ता परियोजना धेरै कम छन् । पूर्वपश्चिम राजमार्ग सडकको क्षेत्रमा अहिलेसम्म मुलुकको मुख्य ‘लाइफलाइन’ का रूपमा चिनिँदै आएको छ। सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग बनाउँदैछ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइँन्छ। अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ।

सरकारले स्वदेशी पुँजीमा पूर्वपश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइनफाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो । यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म छुनेछ।

यो सडक तयार भएसँगै २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा लाग्नेछन्। यो खबर आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन्।

यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ । त्यतिमात्रै होइन, यो सडकले ग्रामीण बस्तीबाट सहर बसाइँसराइ गर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पुर्‍याउनेछ।

एक हजार आठ सय ७९ किलोमिटर लामो पुष्पलाल राजमार्ग बनेसँगै मुलुकको एकतिहाइ अर्थात् एक करोड जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ । यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्ती जोड्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad