छापा खबर


शिक्षक सरुवामा कमिसन : ३ देखि ५ लाखसम्म

शिक्षक सरुवामा कमिसन : ३ देखि ५ लाखसम्म

नेपालखबर
साउन २१, २०७६ मंगलबार २:३८,

केही महिनाअघि रूपन्देहीको तिलोत्ततमा ढिकुलीगढस्थित नमुना महिला आधारभूत विद्यालय प्रावि तहको एउटा दरबन्दी खाली भयो।

शिक्षक दरबन्दी खाली भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए।

निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा २ लाख रुपैयाँ राखिदिनेलाई मात्रै सरुवाको सहमति दिने प्रस्ताव राखे।

अन्ततः दुई लाख बुझाउने सर्तमा स्याङ्जाबाट एक शिक्षक सरुवाका लागि प्रक्रियामा छन्। ‘विद्यालय कमजोर छ, केही सहयोग गरेर आउनुपर्छ भनेको छु,’ भट्टराईले भने,‘उहाँले हुन्छ भन्नुभएको छ।’

तिलोत्ततमा गत शैक्षि सत्रमा खाली दरबन्दीको भागबन्डा गरिएको थियो । पार्टी निकट शिक्षक संगठनले दरबन्दी भागबण्डा गरेर शिक्षक सरुवा गरेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा लक्ष्मण पोखरेलले लेखेका छन्।

एक शिक्षकका अनुसार सरुवामा कमिसनको दररेट निर्धारण गरिएको छ । माध्यमिक तहका लागि ५ लाख तोकिएको पनि कम्तीमा चार लाख बुझाउनै पर्छ । आधारभूत तहमा ३ लाख बुझाएर आउने धेरै छन्।

‘पैसा नदिएसम्म विद्यालयको सहमतिसमेत पाइँदैन। सरुवा गराउने निकायमा बुझाउने कमिसन त अझै थप हुन्छ,’ ती शिक्षकले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad