छापा खबर


काठमाडौँमा सार्वजनिक यातायातलाई एकीकृत रुपमा सञ्चालनको तयारी

काठमाडौँमा सार्वजनिक यातायातलाई एकीकृत रुपमा सञ्चालनको तयारी

नेपालखबर
साउन २३, २०७६ बिहिबार २:४३,

सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक एकीकृत यातायात सञ्चालनको तयारी गरेको छ ।

सरकारले शक्तिशाली ‘सार्वजनिक यातायात प्राधिकरण’ गठन गरी एकीकृत प्रणालीमा बस, ट्याक्सी, मेट्रो, लाइट रेल, मोनो रेल, केबलकार, स्काई रेल, राइड सेयरिङलगायतका सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको हो ।

यसका लागि ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक २०७६’ तयार गरी संसद्मा प्रस्तुत गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन वस्नेतले लेखेका छन्।

यो विधेयक पारित भए काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा एकीकृत सार्वजनिक यातायात सञ्चालन गर्ने बाटो खुल्नेछ । विधेयकको दफा ६ मा प्राधिकरणले सम्बद्ध निकायको समन्वयमा उपत्यकामा एकीकृत यातायात प्रणाली विकास गरी सञ्चालन गर्ने उल्लेख छ ।

उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाउन प्राधिकरणको अवधारणा ल्याइएको हो ।

साथै, प्राधिकरणमार्फत सार्वजनिक यातायात सेवालाई माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै एकीकृत यातायातको व्यवस्थापन, विकास तथा विस्तार गर्न र यातायात सेवाको नियमन तथा सञ्चालन प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

अहिले देशमा यातायातसम्बन्धी प्रशासन र व्यवस्थापन गर्न यातायात व्यवस्था विभाग र प्रदेशमा हस्तान्तरण भएका यातायात व्यवस्था कार्यालय छन् । यस व्यवस्थाले उपत्यकाभर विभाग र प्रदेश कार्यालयको काम विस्थापित गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad