समाज


पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

नेपालखबर
साउन २३, २०७६ बिहिबार २:२४,

आज (बिहीबार) देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम नेपालका केही स्थानमा आज भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्।

मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले नेपालमा अविरल वर्षाको सम्भावना भने नरहेको उनको भनाई छ।

‘भारी वर्षाको लागि मनसुनको न्यून चापिय रेखा हालको स्थानबाट उत्तरतिर सर्नुपर्छ,’ नगरकोटीले नेपालखबरसँग भनिन्, ‘त्यो रेखा अझै दुई–तीन दिन नेपालतिर सर्ने सम्भावना छैन, त्यसैले अबको दुई तीन दिन अविरल वर्षाको सम्भावना देखिँदैन।’

अविरल वर्षा नभए पनि केही ठाउँमा पानी भने पर्ने नगरकोटीले बताइन्।

मनसुनको न्यून चापिय रेखा हाल भारतको उत्तरी ओडिसा तटीय नजिकै उत्तर –पश्चिम बंगालको खाडीमा अवस्थित छ।

मनसुनी रेखा उत्तरी राजस्थान, हरियाना, दिल्ली, उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालतिर हुँदा नेपालमा भारी वर्षा नहुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली छ।

हाल पूर्वी भू भागका थोरै स्थानमा र पश्चिमको १–२ स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन गराउने बादल पनि सक्रिय छ।

गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा २ दशमलव ७ मिलिलिटर वर्षा भएको छ। आज पनि साँझपख उपत्यकामा वर्षा हुने सम्भावना छ।

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ
श्रावण २३ गते (बिहिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षा हुनसक्छ।

श्रावण २४ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

श्रावण २५ गते (शनिबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका १–२ स्थानहरुमा मा मेघ गर्जन चट्याङ्गसहित वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad