छापा खबर


फैलिँदै कोरोना : १२ जनामा परीक्षण गर्दा एकमा संक्रमण

फैलिँदै कोरोना : १२ जनामा परीक्षण गर्दा एकमा संक्रमण

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ०:३२,

केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो।

हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । गत मंगलबार ४ हजार २ सय ४३ जनामा परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण देखिएको थियो । गत बुधबार ४ हजार १ सय जनामा परीक्षण गर्दा ३ सय ३९, बिहीबार ४ हजार ६ जनामा परीक्षण गर्दा ३ सय ३२, शुक्रबार ४ हजार ७१ जनामा परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना देखिएको छ।

मन्त्रालयका अनुसार गत शनिबार ३ हजार ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ३७, आइतबार ३ हजार १ सय २५ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमबार पाँच सय नाघेको छ । सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रामलयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा भने ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ।

यसअघि, आइतबार एक संक्रमितको मृत्यु भएको थियो । देशभर हालसम्म संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । हाल, देशभर ८५ जना क्वारेन्टाइनमा छन् । कुल संक्रमितमध्ये सोमबारमात्रै २ सय ११ मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .